आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ फोटोग्राफर संघको अध्यक्षमा हरि घिमिरे चयन

आइतबार, ३१ भदौ २०८०, २० : ५३
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट अध्यक्षमा  हरि प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनले उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पण्डित, सहसचिव रण बहादुर श्रेष्ठ, कोषाध्यक्ष सुशील ज्ञवाली निर्वाचित भएका छन् ।  

अधिवेशनले घिमिरेको नेतृत्वमा दुई वर्षको निम्ति कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष घिमिरे लामो समयदेखि फोटोग्राफी र फोटोग्राफरका विभिन्न मुद्दा सदस्यका हितको विषयमा छलफल अन्तरक्रिया, रचनात्मक क्रियाकलाप र तालिम गोष्ठी आयोजना गर्दै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप