३४ पृष्ठको राहदानी आवेदन सुचारु
सोमबार, ०१ असोज २०८०, १२ : ०१
काठमाडौँ । राहदानी विभागले ३४ पृष्ठको राहदानी आवेदन सुचारु गरेको छ । असोज १ देखि यो सेवा पुनः सुरु गरिएको हो ।
विभागका अनुसार प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ (अर्डिनरी) छनोट गरी आवेदन दिन सक्नेछन् । यसअघि असार महिनादेखि ५ हजार रुपैयाँ राजश्व तिर्दा ६४ पृष्ठकै राहदानी उपलब्ध गराउँदै आएको थियो ।