आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय टोली मंगलबार र पाकिस्तानी टोली बुधबार आउने

सोमबार, ०१ असोज २०८०, १७ : ०९
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । नेपालले यसै महिना साफ यू–१९ फुटबल च्याम्पियनसिप- २०२३ को आयोजना गर्दैछ । प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ । 

प्रतियोगितामा सहभागी हुन विदेशी टोलीहरु मंगलबारदेखि नेपाल आउन सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।  मंगलबार साँझ भारतको टोली नेपाल आइपुग्नेछ । मंगलबार नै माल्दिभ्स, बंगलादेश र भुटानको टोली पनि नेपाल आइपुग्नेछन् । त्यसपछि बुधबार विहान पाकिस्तानी टोली नेपाल आउने छ । 

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालसँगै पाकिस्तान र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा भने भारत, भुटान र बंगलादेश रहेका छन् ।  नेपालले असोज ४ गते दशरथ रंगशालामा पाकिस्तानसँग आफ्नो पहिलो खेल खेल्नेछ । प्रारम्भिक चरणको खेलपछि दुबै समूहको अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप