आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

अदालतमा याओ पुचेङ्गको बयान सुरु, मंगलबारदेखि ४ ठाउँमा राखेर बयान गरिँदै

सोमबार, ०१ असोज २०८०, १९ : ५७
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा अदालतमा बयान लिन थालिएको छ । सोमबार प्रतिवादी चिनियाँ नागरिक याओ पुचेङ्गको बयान सुरु गरिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सुरु भएको छ । सोमबारबाट बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले रातोपाटीलाई बताए ।

मंगलबारबाट ४ ठाउँमा राखेर चार जना प्रतिवादीको बयान लिनेगरी तयारी गरिएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । बयान पुरा भएपछि थुनछेक बहस सुरु हुनेछ । न्यायाधीश मैनालीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

सुन प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप