आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फुटबल

साफ यू–१९ च्याम्पियनसिपको तयारी पुरा, पौने ३ करोड खर्च हुने

मङ्गलबार, ०२ असोज २०८०, १४ : ०२
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा भएको छ । मङ्गलवार आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । 

दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार तय भएको प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा चल्नेछ ।   सो प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ टोली प्रशिक्षक सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

प्रतियोगिताका लागि सहभागी राष्ट्रहरू आउने क्रम जारी एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज आउने तालिका रहेको छ भने पाकिस्तानको टोली आइपुग्नेछ । 

 सहभागी टोलीका लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ ।

यसैबीच प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोट्स सेन्टरलाई प्रदान गरिएको छ । यस्तै प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ रु १०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ । टिकट खल्तीको एपबाट वा रङ्गशालामा भौतिक रूपमा पनि किन्न पाइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप