आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संविधान दिवसको अवसरमा हस्तकला मेला हुँदै

मङ्गलबार, ०२ असोज २०८०, १९ : १३
मङ्गलबार, ०२ असोज २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले संविधान दिवसको अवसरमा हस्तकला मेला आयोजना गर्ने भएको छ । प्रदेशको उद्योग वाणिज्य भूमि प्रशासन मन्त्रालयले प्रवर्द्धन गर्नेगरी बागमती प्रदेश हस्तकला संघको आयोजनमा हस्तकला मेला आयोजना गरिने भएको हो ।

संविधान दिवस २०८० राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजना गरिने ‘प्रथम हस्तकला प्रवर्द्धन मेला–२०८०’ गरिने बागमती प्रदेश हस्तकला संघ काठमाडौँले जनाएको छ ।

संघका अध्यक्ष नवीन शाक्यका अनुसार हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा असोज ३ र ४ गते मेला संचालन हुनेछ । नेपालको संविधानले व्यवस्था गरे अनुसार हस्तकला सामग्रीहरुको उत्पादन तथा बिक्री प्रवर्द्धनमा मेलाले ठोस सहयोग पुर्याउने संघको विश्वास रहेको छ । प्राचीन हस्तकलाहरुको संरक्षण तथा सांस्कृतिक कलाहरुको प्रवर्द्धनमा मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

मेलामा हस्तकला प्रद्र्धनसहित लाइभ डेमो (जीवन्त प्रदर्शनी)को कार्यक्रम रहने उनले बताए । मेलामा सुकुल बुनाई, धातुका ताम्र पत्र बनाउने कलाको लाइभ डेमो गरिने उनको भनाई छ । मेलामा चित्रकार समुदायको सांस्कृतिक लोक कलो ‘ पुँ’ कलाको विशेष प्रदर्शनी हुने उनले बताए । २ दिने मेलामा १७ प्रकारका कलाहरुको प्रदर्शनी हुने उनले बताए ।

धातुको मूर्ति, हाते कागज उद्योग, स्थानीय सामग्रीबाट निर्मित हस्तकलाहरुको उत्पादनहरु मेलामा प्रदर्शन गरिने अध्यक्ष शाक्यले बताए । मेलाको उद्घाटन प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने तय भएको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले बाघचाल खेलको खेलेर मेलाको उद्घाटन गरिने उनले बताए ।

मेलामा नेपाल कला र खेलको प्रदर्शनी सहित प्रदेशका १३ जिल्लाका विशेष उत्पादन तथा कालाहरुको प्रदर्शनी रहने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप