आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेड स्टारविरुद्ध सिटीको पुनरागमन

बुधबार, ०३ असोज २०८०, ०९ : ३५
बुधबार, ०३ असोज २०८०

इतिहाद । एक गोलले पछि परेको स्थिति उल्टाउँदै साबिक विजेता म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडविरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । च्याम्पियन्स लिगको समूह जी अन्तरगतको खेलमा सिटी ३–१ गोलले विजयी बन्यो ।

सन् १९९१ मा युरोपियन कप विजेता रहिसकेको रेड स्टारले पहिलो हाफको अन्त्यतिर ओसमान बुकारीको गोलको मद्दतले अप्रत्यासित अग्रता लिएको थियो । तर, दोस्रो हाफ सुरु हुने बित्तिकै सिटीले बराबरी गोल फर्कायो । अर्लिङ हालान्डको पासमा जुलियन अल्भारेजले बराबरी गोल फर्काएका थिए ।

६० औँ मिनेटमा अल्भारेजले नै अर्को गोल गर्दै टोलीलाई अग्रता दिलाए । ७३ औँ मिनेटमा फिल फोडेनको पासमा रोड्रीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । खेलमा सिटीले ७७ प्रतिशत बलमा नियन्त्रण बनाएको थियो भने विपक्षीको पोस्टमा ३७ पटक प्रहार गरेको थियो । 

जबकि रेडस्टारले मात्र तीनपटक सिटीको पोस्टमा आक्रमण गर्न सक्यो । समूह कै अर्को खेलमा आरबी लेइपजीगले यङ ब्वाइजलाई ३–१ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप