आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६० को दशकको त्यो फिल्म, जुन १२ हप्तासम्म फ्लप रह्यो, १५ औँ हप्तापछि कसरी भइदियो ब्लकबस्टर ?

बुधबार, ०३ असोज २०८०, १३ : ५०
बुधबार, ०३ असोज २०८०

अभिनेता जितेन्द्र लामो समयसम्म स्टारडम देखेका बलिउड स्टारमध्ये एक हुन् । उनका धेरै फिल्म सुपर हिट भए तर केही फिल्मका कारण उनको करियर डगमगाउन थालेको थियो । जितेन्द्रले आफ्नो करियरको सुरुवातमा निकै मेहनत गरेपछि मात्रै सन् १९६७ मा ‘फर्ज’ नामको फिल्म पाएको बताइन्छ ।

जितेन्द्र फिल्म ‘फर्ज’बाट रातारात स्टार बने । यो फिल्म उनका लागि निकै विशेष थियो । यस फिल्मको ‘मस्त बहरों का मैं आशिक’ गीत निकै रुचाइएको थियो । यो फिल्म रिलिज हुने बित्तिकै जितेन्द्र ‘जम्पिङ ज्याक’ बनेका थिए । त्यसपछि उनले  ‘हमजोली’ र ‘कारवाँ’ जस्ता फिल्ममा अभिनय गरे र सुपरस्टार बने ।

farzजितेन्द्रको फर्ज फिल्मलाई रविकान्तले निर्देशन गरेका थिए । यसलाई सुन्दरलाल नाहटाले निर्माण गरेका हुन् । फिल्ममा जितेन्द्रको अपोजिटमा बबिता देखिएकी थिइन् । फिल्ममा दुवैको केमेस्ट्रीले दर्शकको मन जितेको थियो । रिलिजको सुरुवाती दिनमा फर्जले निर्मातालाई निकै निराश बनाएको बताइएको छ ।

farz2मिडिया रिपोर्टका अनुसार जितेन्द्रको यो सुपर हिट फिल्म १.१० करोड भारुमा बनेको थियो । त्यति बेला फिल्मले धेरै नाफा कमाएको थियो । फिल्मको विश्वव्यापी कलेक्सन ५ करोड थियो । यो सन् १९६७ को तेस्रो ठुलो सुपर हिट फिल्म साबित भयो ।

farz3आईएमबीडी रिपोर्टका अनुसार यस फिल्मको कमाई बारे कुरा गर्दा जितेन्द्रले एक पटक यो फिल्म रिलिज भएपछि बक्स अफिसमा १२ हप्तासम्म खराब भएको खुलासा गरेका थिए । उनले यो फिल्मलाई बक्स अफिसमा हिट बनाउन निकै मेहनत गर्नुपरेको बताएका थिए । 

farz4रिपोर्टका अनुसार १२ औँ हप्तामा जितेन्द्रले फिल्मको सबै टिकट किनेका थिए र थिएटर मालिकहरूलाई सिनेमा घरमा चलाउन आग्रह गरेका थिए । थिएटर मालिकले यो फिल्मलाई हलबाट नहटाउन् भनेर जितेन्द्रले यस्तो गरेका थिए । फिल्म १५ औँ हप्तासम्म चल्ने हो भने बिस्तारै कलेक्सनमा सुधार आउने हो कि भन्ने जितेन्द्रलाई लागेको थियो । जितेन्द्रको यो चाल सही साबित भयो । बिस्तारै भए पनि फिल्मको कमाइमा धेरै परिवर्तन आयो । फ्लप भइसकेको फिल्म अचानक चल्न थाल्यो र यसरी यो सन् १९६७ को ब्लकबस्टर फिल्म बन्न सफल भयो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप