आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतले क्यानडामा बस्ने भारतीय नागरिकलाई गरायो सतर्क

बुधबार, ०३ असोज २०८०, १५ : ५५
बुधबार, ०३ असोज २०८०

भारत सरकारले क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूका लागि ‘एड्भाइजरी’ जारी गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा यसबारे जानकारी साझा गरेका छन् ।

भारत सरकारले आफ्नो एडभाइजरीमा भनेको छ, ‘क्यानडामा भारत विरोधी गतिविधि, राजनीतिक रूपमा प्रेरित घृणित अपराध र आपराधिक हिंसाको वृद्धिलाई ध्यानमा राख्दै, त्यहाँ बसोबास गर्ने सबै भारतीयहरूलाई सतर्क रहन अपिल गरिएको छ ।’

भारतीय नागरिकलाई यसमा सल्लाह दिँदै लेखिएको छ, ‘क्यानडामा भर्खरै भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डाविरुद्ध आवाज उठाउने भारतीय समुदायका सदस्यलाई लक्षित गरी धम्की आएको छ । त्यसैले भारतीय नागरिकलाई क्यानडामा त्यस्ता क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइन्छ जहाँ यस्ता घटना भइरहेका छन् ।’

विद्यार्थीहरूलाई सतर्क रहन सुझाव 

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो उच्चायोग / महावाणिज्य दूतावास क्यानडामा भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्न क्यानडाली अधिकारीहरूसँग सम्पर्कमा छ ।’

भारत सरकारले क्यानडामा बिग्रँदै गएको सुरक्षा वातावरणमा विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यन्त सावधानी अपनाउन सल्लाह दिएको छ । एड्भाइजरीमा क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूलाई ओटावामा रहेको भारतीय उच्चायोग र टोरन्टो र भ्यानकुभरमा रहेको भारतीय महावाणिज्य दूतावासमा madad.gov.in नामक मद्दत पोर्टलमा दर्ता गर्न पनि सल्लाह दिइएको छ ।

सरकारले भनेको छ, ‘यसो गरे कुनै पनि आपतकालिन अवस्थामा उच्चायोगले सिधै सम्पर्क गर्न सक्ने सुनिश्चित गरिनेछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप