एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल पराजित
बुधबार, ०३ असोज २०८०, २२ : १०
काठमाडौँ । औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ ।
चीनमा भएको उक्त प्रतियोगितामा नेपाल इरानसँग ३–० को साझो सेटमा पराजित भएको हो । यससँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बहिरिएको छ । हिजो भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो
आज भएको खेलमा नेपाल इरानसँग ९–२५, १४–२५, र १३–२५ ले पराजित भयो । एसियाली खेलकुदको औपचारिक उद्घाटन भने यही असोज ६ गते हुनेछ । उद्घाटनअघि भलिबल, फुटबल र क्रिकेट खेल हिजोदेखि नै सुरु भइसकेका छन् ।