आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रुपान्तरण अभियान

माओवादी अभियान : नेताको बुझाइमा कस्तो छ नागरिकको अपेक्षा ?

‘नयाँ पुस्तामा राजनीतिप्रति नै वितृष्णा’
बिहीबार, ०४ असोज २०८०, ०८ : ५८
बिहीबार, ०४ असोज २०८०

मकवानपुर । नेकपा माओवादी केन्द्र अहिले संगठन सुधारका लागि ३ महिने अभियानमा छ । ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ अन्तर्गत माओवादी केन्द्रले आफ्ना केन्द्रीय नेतृत्वलाई विभिन्न पालिकामा खटाएको छ ।

बागमती प्रदेशको ११९ वटा पालिकामा अभियान अन्तर्गत पार्टीका गतिविधि सञ्चालनका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु खटिएका छन् । उनीहरु पार्टी संगठनका बैठक, सदस्यता नवीकरण, संगठन विस्तार लगायतका काममा सक्रिय छन् भने नागरिकहरुसँग आर्थिक, सामाजिक र राजनीतिक बहस तथा अन्तर्क्रिया पनि गरिरहेका छन् ।

जनश्रमदानसहित सडक मर्मत, सरसफाई, स्वास्थ्य शिविर तथा सामाजिक अभियानमा माओवादीका नेता तथा कार्यकर्ता जोडिएका छन् ।

अभियान अन्तर्गत ललिपुरको बागमती गाउँपालिकामा खटिएका माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद लामिछानेका अनुुसार नागरिकले तत्काल नतिजा खोज्ने गरेका छन् । माओवादी युद्धकालमा अधिकांश समय दक्षिण ललितपुर कार्यक्षेत्र बनाएका लामिछाने असल र वैचारिक नेताका रुपमा परिचित छन् । अभियान अन्तर्गत गाउँगाउँमा पुगेर नागरिकको घरमै सिस्नु र ढिँडो खाएको अनुभव सुनाउँदै उनले बागमतीमा प्रभावकारी ढङ्गबाट अभियान अघि बढिरहेको बताए ।

पार्टीमा नयाँ पुस्तालाई माओवादीको विचार, सिद्धान्तमा आकर्षित गर्न अझै कसरत गर्नुपर्ने लामिछाने बताउँछन् । ‘पुराना तथा पहिला माओवादी बनिसकेका तर कुनै कारणले पार्टीबाट बाहिरिएकाहरुलाई सक्रिय गराउन केही सहज देखिएको छ, त्यसतर्फ हामीले काम गरिरहेका छौँ,’ उनले भने, ‘नयाँ पुस्तालाई माओवादीको विचार, युद्ध र राजतन्त्र विरोधको विषयहरुले छुन सकेको देखिँदैन । अहिलेका युवा श्रम, रोजगारी र विकास खोज्ने प्रकृतिका भएका छन् ।’

moist abhiyaan (5)

अहिलेको स्वतन्त्रता तथा भोलिको व्यवस्था र प्रणालीले युवा पुस्तालाई छुन नसकेको लामिछानेको भनाइ छ । गाउँगाउँ पुग्दा युवा तथा आम नागरिकले क्षमता अनुसारको काम नपाएको गुनासो गरेको उनले बताए ।

वर्तमान अवस्थामा युवा पुस्ताका नागरिकले तत्काल प्रतिफलको अपेक्षा गरेको उनको भनाइ छ । सो अवस्थाका कारण माओवादी अभियानले सहज नतिजा निकाल्न सक्ने अवस्था नरहेको उनले प्रस्ट पारे ।

‘नेपालमा काम छैन भन्ने वितृष्णा छ । युवा पुस्तालाई आकर्षण गर्न संगठन र पार्टीले योजना नै ल्याउनुपर्छ । सरकारको नेतृत्व गरिरहेको पार्टी भएकाले आश्वासन दिनेमात्र अवस्था छैन,’ लामिछानेले भने, ‘समस्याहरुका बिचमा माओवादी केन्द्र नागरिकमाझ गएको छ । नतिजा त्यति सहज छैन ।’

पछिल्लो समय माओवादी केही हदसम्म बिग्रिए पनि अन्य दलको भन्दा केही सहज अवस्थामा रहेको उनले बताए । अभियान अन्तर्गत नागरिकमाझ पुग्दा पार्टीको गतिविधि र सरकारले गरेका कामको प्रचारप्रसार भएको देखिए पनि अझै पर्याप्त नभएको उनले बताए । सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा पार्टीको अवस्था बलियो भएको उनको भनाइ छ ।

moist abhiyaan (5)

‘नयाँ पार्टीहरुको परीक्षण हुनै बाँकी छ । उनीहरुले आश्वासन दिन सक्ने अवस्था छ । त्यसले केही चुनौती थपेको देखिन्छ । गाउँमा भन्दा सहरी क्षेत्रमा पार्टीप्रतिको आकर्षण कम देखिएको सत्य हो,’ लामिछाने भन्छन्, ‘ललितपुरको बागमती गाउँपालिकाको ग्रामीण भेगमा पार्टीको चहलपहल केही बढी महसुस भएको छ भने क्रमशः सहरी क्षेत्रतर्फ अघि बढ्दा झुकाव कम हुँदै गएको पाइन्छ ।’

सहरी क्षेत्रको अवस्था सुधार गर्न केही चुनौतीपूर्ण रहेको उनको भनाइ छ । सहरका नागरिकलाई पहिलेदेखि नै पार्टीले समेट्न नसकेको र सहरी क्षेत्रमा राजनीतिप्रतिको वितृष्णा पनि अलि बढी देखिएको उनले बताए ।

‘अभियानले २०६४ को नै अवस्था आउँछ भन्ने त मलाई लाग्दैन । तर, केही सुधार हुन्छ । अभियानले पार्टीलाई सक्रिय बनाएको छ,’ उनले भने, ‘माओवादीलाई भोट दिएका तर विरक्त बनेका नागरिकहरु प्रशस्त छन् । फेरि गठबन्धनले पनि अन्योल बनाएको अवस्था रह्यो । हामी समेट्ने प्रयत्नमा छौँ ।’

पार्टीबाट रुष्ट भएका मतदाता तथा कार्यकर्ताहरुलाई जोड्न यो अभियानले सहयोग गर्ने उनको विश्वास छ । सरकारमा रहेकाहरुले पनि नागरिकका माग समेट्न सकेको खण्डमा २०८४ मा माओवादीको अवस्थामा सुधार आउँने उनले बताए ।

moist abhiyaan (2)

‘तल्लो तहका आवाजलाई पार्टी केन्द्रमा पु¥याउन सकेको खण्डमा अवस्था सुधारमा सहयोग पुग्ने देखिन्छ,’ उनले भने ।

माओवादी अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिकामा खटिएका अर्का केन्द्रीय सदस्य डीपी ढकालका अनुसार नागरिकहरुले विगतमा माओवादी यसरी गाउँगाउँ किन आएन भनेर प्रश्न गरेका छन् ।

‘आम नागरिकहरुले विषेश गरी रोजगारी, विकास निर्माण लगायतका समस्या छिटो समाधान भए हुन्थ्यो, नयाँ कार्यक्रम ल्याएर रोजगारी सिर्जना गरे हुन्थ्यो भन्ने अपेक्षा गरेका छन्,’ ढकालले भने, ‘सरकारले गरेका कामहरु नागरिकमाझ पु¥याउन नसकेको, सरकार र नागरिकको सम्बन्ध टाढिएको भन्ने गुनासो छ । हामीले सरकारलाई समस्या सुनाउन पाएनौँ भन्ने गुनासो नै जनस्तरमा बढी देखिन्छ ।’

ढकालका पनि राजनीतिमा युवा पुस्ताको आकर्षण कम रहेको बताउँछन् । अध्ययनका लागि विदेश जाने जमात ठुलो रहेको र देशमै रहेका युवाहरुमा रोजगारीको वातावरण बन्छ कि बन्दैन भन्ने चिन्ता रहेको उनको भनाइ छ ।

‘युवाहरुको ठुलो जमात राजनीतिमा त्यति आकर्षित हुन नचाहेको पाइयो । १२ कक्षा पूरा गर्नासाथ विदेश जाने ध्यानमा उनीहरु लागेको देखियो,’ ढकालले भने, ‘राजनीतितर्फ झुकाव र चासो राख्ने युवाहरुको भने देशमै टिक्ने र काम गर्ने वातावरण बन्न सक्छ कि सक्दैन भन्ने चिन्ता देखियो । यसमा माओवादी र सरकारले कस्तो भूमिका निर्वाह गर्ला भन्ने उनीहरुको चासो देखियो ।’

सरकारले अहिले सुशासनका क्षेत्रमा गरेका कामलाई प्रभावकारी बनाएर अघि बढाउनुप¥यो भन्ने सुझाव पनि युवा पङ्क्तिबाट आएको उनले सुनाए ।

सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकामा माओवादी अभियानमा खटिएकी केन्द्रीय सदस्य गंगा पराजुलीका अनुसार अभियान अन्तर्गत गाउँमा पुग्दा नागरिकबाट विभिन्न सुझावसहित कमी कमजोरी औंल्याउने काम भएको छ । माओवादी नेताहरु सहर केन्द्रित भएको गुनासो नागरिकले गरेको उनले बताइन् ।

उनका अनुसार अभियानले २०६४ कैजस्तो नतिजा ल्याउन नसके पनि माओवादीको वर्तमान अवस्था सुधारमा भने निकै सहयोग गर्छ । माओवादी न्युनतम पनि वर्षमा ३÷४ महिना अभियानकै रुपमा नागरिकमाझ पुग्नुपर्ने उनको धारणा छ । अभियानसँगै निरन्तर संगठनात्मक काम गर्ने हो भने माओवादीप्रति नागरिकको विश्वास बढ्ने उनी बताउँछन् ।

‘आगामी निर्वाचनको अवधिसम्म अभियान मार्फत् माओवादी निरन्तर रुपमा नागरिकहरुसँग जोडिन सकेको खण्डमा शक्तिशाली रुपमा अगाडि आउन सक्छ,’ ढकालले भने, ‘माओवादीप्रति नागरिकहरुको अविश्वास होइन, आशंका छ । त्यसलाई मेट्न पनि माओवादी नागरिकमाझ पुग्नुपर्ने हुन्छ ।’

सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकामा माओवादी अभियानमा खटिएकी केन्द्रीय सदस्य गंगा पराजुलीका अनुसार अभियान अन्तर्गत गाउँमा पुग्दा नागरिकबाट विभिन्न सुझावसहित कमी कमजोरी औंल्याउने काम भएको छ । माओवादी नेताहरु सहर केन्द्रित भएको गुनासो नागरिकले गरेको उनले बताइन् ।

‘माओवादीप्रति नागरिकले गरेका अपेक्षा पूरा नभएको भन्ने उहाँहरुको प्रश्न छ । नागरिकको अपेक्षा पूर्ण रुपमा पूरा गर्नुपर्छ, त्यसमा गल्ती गर्ने छुट छैन भन्ने उहाँहरुको सुझाव आएको छ,’ उनले भनिन् ।

moist abhiyaan (1)

नागरिकको घरघरमा पुग्दा विशेष गरी युवाहरु बेरोगार रहेको र विदेश पलायन हुने समस्या सम्बन्धी गुनासो बढी आएको उनको भनाइ छ । शिक्षाको गुणस्तर, प्रणाली परिवर्तनका विषयमा पनि नागरिकले माओवादीप्रति ठुलो अपेक्षा राखेको उनले बताइन् ।

‘पार्टीमा युवाहरुको आकर्षण बढाउन जरुरी छ । हामीसँग युवा समूह पनि छ । त्यसलाई सक्रिय बनाउनु पर्छ,’ पराजुलीले भनिन्, ‘युवा पुस्तालाई पार्टीमा संलग्न गराउने विषयमा केन्द्रबाटै गम्भीरतापूर्वक काम भइरहेको छ । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने विषयमा पार्टी संगठनले काम गरिरहेको छ ।’

माओवादीको निर्वाचनको नतिजा सुधार गर्न पार्टी संगठन र सरकार एकजुट भएर अघि बढ्न जरुरी रहेको उनले बताइन् । सरकारले गरेको काम नागरिक माझमा पु¥याउन सकेको खण्डमा निर्वाचनको नतिजामा धेरै सुधार आउने उनको दाबी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप