आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलिङह्यामको गोलमा रियलको संघर्षपूर्ण जीत

बिहीबार, ०४ असोज २०८०, ०९ : २६
बिहीबार, ०४ असोज २०८०

स्यान्टियागो बर्नेबाउ । च्याम्पियन्स लिगमा डेब्यू गरिरहेको युनियन बर्लिनमाथि स्पेनिस महारथी रियल मड्रिडले संघर्षपूर्ण जीत हासिल गरेको छ । मंगलबार समूह सी अन्तरगतको खेलमा जुड बेलिङह्यामले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतले रियल विजयी बनेको हो ।

यो सिजन रियल आएयता बेलिङह्यामको यो छैटौँ गोल थियो । खेलको ९४ औँ मिनेटमा फेडेरिको भालभर्डेको प्रहारलाई इंग्ल्याण्डका मिडफिल्डरले गोलको दिशा देखाएका थिए । खेलमा मात्र एक मिनेट बाँकी हुँदा बर्लिनले गोल फर्काउने मौका नै पाएन ।

खेलमा १४ पटकको विजेता रियलले विपक्षीको पोस्टमा २२ वटा प्रहार गरेको थियो । जबकि विपक्षी टोलीले रियलको पोस्टमा मात्र तीनपटक आक्रमण गरेको थियो । यो सिजन अन्तिम १० मिनेटमा बेलिङह्यामले रियलका लागि गोल गरेको यो तेस्रोपटक हो ।

समूहकै अन्य खेलमा नापोलीले स्पोर्टिङ ब्रागालाई २–१ ले हरायो । समान अङ्क भए पनि गोलको आधारमा नापोली शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप