आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुन तस्करीमा संलग्न पाँच जना प्रतिवादीको बयान सकियो

बिहीबार, ०४ असोज २०८०, १२ : ३०
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका पाँच जना प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा पाँच जना प्रतिवादीको बयान सकिएको हो ।

चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बाको बयान पुरा भएको छ । ली नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टोखास्थित सुन गाल्ने कारखानासम्म सुन ओसार्न काममा संलग्न थिए ।

चार ठाउँमा राखेर प्रतिवादीहरू बयान गराइएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले रातोपाटीलाई बताए । सुन प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप