आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार विभागको एक्सन

पौने चार करोड ठगीको अभियोगमा मेनपावरको लाइसेन्स खारेज

बिहीबार, ०४ असोज २०८०, १३ : ५०
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । पौने चार करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरिएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी गरेको भन्दै सिनामंगलमा रहेको ‘विस एचआर सोलुसन’ को लाइसेन्स खारेज गरेको हो । 

उक्त मेनपावरले पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका पठाइदिने भन्दै ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गरेको थियो । उक्त रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकम समेत फिर्ता नगरेको पाइएपछि विभागले लाइसेन्स खारेज गरेको हो । लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा समेत दायर गरेको छ । उक्त रकम विगो र सोको ५० प्रतिशतले हुन आउने हर्जाना समेत उक्त मेनपावरबाटै असुल उपर गराउन भन्दै विभागले न्यायाधिकरणमा अभियोगपत्र दायर गरेको हो । 

उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो ।  विभागका महानिर्देशक मदन दहालले रकम उठाएर उनीहरूलाई वैदेशिक रोजगारीमा नपठाएको बताए । त्यसपछि पीडितहरूले दिएको उजुरीको आधारमा लाइसेन्स खारेज गर्नुका साथै मुद्दा समेत दायर गरिएको बताए । 

विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम लाइसेन्स खारेज गरिएको र सोही दफा बमोजिम मुद्दा समेत दायर गरिएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप