आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनिल क्षेत्रीको निर्णायक गोलमा भारतले बंगलादेशलाई हरायो

बिहीबार, ०४ असोज २०८०, १६ : ५०
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार खेलिएको पुरुष फुटबलमा भारतले बंगलादेशमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । जितसँगै भारतले प्रतियोगितामा अगाडि बढ्ने आफ्नो सम्भावना कायमै राखेको छ । 

समूह ‘ए’ अन्तर्गतको उक्त खेल निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको अन्तिम समयमा भारतले निर्णायक गोल गरेको थियो । निर्धारित समयको ८५ औँ मिनेटमा भारतका लागि प्रभावशाली खेलाडी सुनिल क्षेत्रीले पेनाल्टीमार्फत गोल गरेका थिए । 

जारी प्रतियोगितामा बंगलादेशले यो दोस्रो हार हो । यसअघि म्यानमारले बंगलादेशलाई १—० गोलले हराएको थियो । भारत पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो । पहिलो खेलमा आयोजक चीनले भारतलाई ५—१ गोलको फराकिलो अन्तरले हराएको थियो । 

बिहीबार नै भएको समूह ‘ई’ अन्तर्गतको खेलमा बहराइन र कुवेतले १—१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘बी’ अन्तर्गतको खेलमा साउदी अरेबियाले मंगोलियालाई ३—० गोलले पराजित गरेको छ । समूह ‘एफ’ अन्तर्गतको खेलमा भने चाइनिज ताइपेईले इन्डोनेसियालाई १—० गोलले हराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप