आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यू- १९ साफ च्याम्पियनसिपको पहिलो खेलमा भारतले बंगलादेशलाई हरायो

बिहीबार, ०४ असोज २०८०, १७ : १३
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३—० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । 

खेलको प्रारम्भदेखि नै भारतले बंगलादेशलाई दबाबमा राखेको थियो । पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थपेको थियो । समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा भारतका लागि पहिलो गोल जी। गोभर्भले गरेका थिए । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेका थिए ।

यसैगरी दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा नाओबा मेइतेईले गरेका थिए । टोलीका लागि तेस्रो गोल भने दोस्रो हाफको अन्तिम समयमा अर्जुनसिंह ओइनामले गरेका थिए । साफमा च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको । समूह ‘बी’ मा तेस्रो टोलीको रुपमा भुटान रहेको छ ।

समूह ‘ए’ मा भने आयोजक नेपाल, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले आफ्नो पहिलो खेल बिहीबार साँझ पाकिस्तानसँग खेल्दैछ । प्रत्येक समूहबाट दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप