मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कार्यवाहक विवादमा पत्रकार महासंघ मोरङमा तालाबन्दी

बिहीबार, ०४ असोज २०८०, १९ : २१
बिहीबार, ०४ असोज २०८०

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको कार्यालय भवनको मूलगेटमै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ । महासंघ मोरङको कार्यवाहक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो । 

महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए । उनले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो । 

उक्त पत्र नक्कली रहेको र कार्यवाहक अध्यक्ष तोक्ने विषयमा विधानले अध्यक्षलाई अधिकार नै नदिएको सेन्टरको दाबी छ ।

प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले महासंघको कार्यालयमा तालाबन्दी गर्दै कार्यवाहकको विषयको विवाद समाधानका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिलाई आग्रह गरिएपनि ढिलासुस्ती गरेपछि तालाबन्दी गरेको बताए । 

विधानअनुसार भट्टराईलाई कार्यवाहक तोकेको पत्र प्रदेश र केन्द्रले दिएपछि मात्रै तालाबन्दीको अन्त्य गरिने उनको भनाइ छ । 

तालाबन्दीलाई प्रेस सेन्टर कोशी प्रदेश अध्यक्ष विनोद घिमिरेले पनि समर्थन गरेका छन् । 

FNJ Morang Tala (4)Bigyapti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप