आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
यू-१९ साफ च्याम्पियनसिप

घरेलु मैदानमा पाकिस्तानसँग हार्‍यो नेपाल

बिहीबार, ०४ असोज २०८०, १९ : ३७
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ खेलिएको खेलमा पाकिस्तानले नेपाललाई १—० गोलले हराएको हो । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा पाकिस्तानले गोल गरेको थियो । पाकिस्तानका लागि अली जाफरले ७६औं मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसँगै पाकिस्तानले पहिलो खेलबाटै तीन अंक बटुलेको छ ।  

यसअघि बिहीबार नै भएको प्रतियोगिताको पहिलो खेलमा भारतले बंगलादेशलाई ३—० गोलको फराकिलो अन्तरले हराएको थियो । पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थपेको थियो । समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा भारतका लागि पहिलो गोल जी. गोभर्भले गरेका थिए । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेका थिए ।

यसैगरी दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा नाओबा मेइतेईले गरेका थिए । टोलीका लागि तेस्रो गोल भने दोस्रो हाफको अन्तिम समयमा अर्जुनसिंह ओइनामले गरेका थिए । साफमा च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको । समूह ‘बी’ मा तेस्रो टोलीको रुपमा भुटान रहेको छ ।

समूह ‘ए’ मा भने आयोजक नेपाल, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा माल्दिभ्ससँग खेल्नेछ । प्रत्येक समूहबाट दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप