आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेत्र ज्योति संघले टिकटक प्रतियोगिता गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार

बिहीबार, ०४ असोज २०८०, २० : ५८
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । नेपाल नेत्र ज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता गर्ने भएको छ ।

यही असोज २५ गते अर्थात अक्टोबर १२ तारिख दिन विश्व दृष्टि दिवसको अवसरमा संघले सो प्रतियोगिताको आयोजना गर्न लागेको नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले जानकारी दिए ।

उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रु ५० हजार सहित संघले सम्मान गरिने उनले बताए । प्रतियोगीले आँखा स्वास्थ्यमा केन्द्रित भई जनचेतनामूलक भिडियो निर्माण गर्नुपर्नेछ ।

पछिल्लो समय युवादेखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरू माझ लोकप्रिय भइरहेको टिकटक मार्फत आम नागरिकलाई आँखाको महत्त्व र आँखा स्वास्थ्यका विषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।  

प्रतियोगीले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्ने संघका महासचिव भरत बहादुर चन्दले बताए । त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समावेश नगरिने संघका महासचिव चन्दले बताए । यस्तै, विजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप