आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नागरिकको जनजीविकासँग जोडेर संविधान कार्यान्वयन गर्नुपर्छ : मन्त्री चित्रकार

बिहीबार, ०४ असोज २०८०, २१ : २८
बिहीबार, ०४ असोज २०८०

हेटौँडा । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले नागरिकको जनजीविकासँग जोडेर संविधान कार्यान्वयनमा सरकार अघि बढ्नुपर्ने बताएका छन् ।  बिहीबार हेटौँडामा प्रथम हस्तकला मेला २०८० को समापन गर्दै मन्त्री चित्रकारले सरकारले नागरिकका आर्थिक सामाजिक विषयलाई प्रमुखताका साथ आफ्नो मुद्दाको रुपमा अघि सार्नुपर्ने बताए ।

सरकारले संविधान कार्यान्वयनमा नागरिकको प्रत्यक्ष सहभागिता गराउन नसक्दा वर्तमान व्यवस्था माथि प्रश्न उड्ने गरेको उनको भनाई छ । सरकारको क्षेत्र राजनीति मात्र नभएको भन्दै मन्त्री चित्रकारले नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सरकार अघि बढ्नुपर्ने उनले बताए ।

आर्थिक विषय, समृद्धिको विषय र जनताको प्रत्यक्ष सरोकारको विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । ‘राजनीतिको विषय धेरै उठे अब आर्थिक विषय सरकारको मुल मुद्दा हुनुपर्छ । जनतालाई डेलिभरि दिने गरी सरकारले काम गर्नुपर्छ । त्यसैको सुरुवातको रुपमा संविधान दिवसको अवसरमा हस्तकला मेला याओजना गरिएको हो ।  सरकारले हस्तकला उद्योगलाई प्रवद्र्धन गर्छ । यसमा प्रत्यक्ष रुपमा नागरिकहरुसँग जोडिएर सरकारले काम गर्छ । सांस्कृतिक संम्पदा तथा हस्तकला संरक्षमा सरकारले भूमिका निर्वाह गर्छ । यो सरकारको सरोकारको विषय हो’ उनले भने ।

हस्तकला संस्कृति र सम्पदासँग जोडिएको विषय भएकाले अब बागमती प्रदेशको अर्थतन्त्रको मेरुदण्ड हस्तकलालाई बनाउन व्यवसायिक ढंगले सोच्नुपर्ने उनको भनाई छ । औद्योगिक विकास एवं हस्तकला प्रवद्र्धनमा प्रदेश सरकारले गम्भिर भएर सोचिरहेको र केहि समयदेखि अलपत्र अवस्थामा रहेको हस्तकला ग्राम सम्बन्धि विधेयक आगामी संसदमा छलफलका लागि पठाउने तयारीमा रहेको उनले बताए ।

बुधबारबाट बागमती प्रदेश हस्तकला संघ काठमाडौँको आयोजना तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको प्रवद्र्धनमा सुरु भएको हस्तकला मेलामा ढाकाका कपडा, खादा, जुत्ता व्याग तथा नेपाली कागजबाट बनाइएका विभिन्न सामग्री प्रदर्शन गरिएको थियो । मेलामा परालको सुकुल, खोस्टाको चकटी लगायतका समाग्री प्रत्यक्ष रुपमा बनाएर देखाइएको थियो ।

हेटौँडा उपमहानगरपालिकाको प्रांणमा भएको प्रदर्शनीमा प्रदेशका १३ जिल्लाको सहभागिता रहेको मेलामा हस्तकलाका २१ वटा स्टल रहेका थिए । प्रस्तक कला, धातुकला, काष्ठ कला, चांदीका गरगहना, चित्रकला, धातुको बाघचाल लगायत प्रदर्शनीमा राखिएका थिए ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संयुक्त रुपमा उद्घाटन गरेको उक्त मेलामा रसुवाको काठको ठेकीदेखि ललितपुरको शेरामिक्सका सामानसमेत मेलामा प्रदर्शनी गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप