आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनले अरुणाञ्चल प्रदेशका खेलाडीलाई भिसा दिएन ! भारत रुष्ट

शुक्रबार, ०५ असोज २०८०, १८ : ०४
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । आफ्ना केही खेलाडी र खेल पदाधिकारीलाई चीनले प्रवेशाज्ञाँ र एक्रिडिएसन कार्ड नदिएपछि भारतका खेलकुदमन्त्री अनुराग ठाकुर १९औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन चीन नजाने भएका छन् । 

चीनले भारतको अरुणाञ्चल प्रदेशका केही खेलाडी र खेल पदाधिकारीलाई प्रवेशाज्ञाँ तथा १९औँ एसियाली खेलकुदको एक्रिडिएसन कार्ड दिन अस्वीकार गरेको समाचारमा जनाइएको छ । त्यसैले खेलकुदमन्त्रीले चीन नजाने निणर्य लिएको भारतको आन्तरिक मामिला सम्बन्धि मन्त्रालयले जनाएको छ ।

‘चीनले अरुणाञ्चल प्रदेशका हाम्रा केही खेल पदाधिकारीलाई नराम्रो ब्यवहार गरेको जानकारीमा आएको छ । उनीहरुलाई प्रवेशाज्ञाँ र एक्रिडिएसन कार्ड पनि उपलब्ध गराइएन । हामीले यसलाई विभेदको रुपमा बुझेका छौं,’ आन्तरिक मामिला सम्बन्धि मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भनेका छन् । 

१९औँ एसियाली खेलकुदको उद्घाटन समारोह शनिबार चीनको हाङ्झाउमा हुँदैछ । चीनले अरुणाञ्चल प्रदेशका तीनजना उसु खेलाडीलाई पनि प्रवेशाज्ञाँ र एक्रिडिएसन कार्ड उपलब्ध नगराएको समाचारमा जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप