आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेट विजेता टोलीले कति रुपैयाँ पाउँछ ?

शनिबार, ०६ असोज २०८०, १२ : ०९
शनिबार, ०६ असोज २०८०

नयाँ दिल्ली । विश्वकप क्रिकेटमा जित्ने टोलीले कति पाउँछ ? अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अर्थात् आईसीसीले यसबारे जानकारी दिएको छ । आईसीसीले विजेता टोली र अन्य टोलीलाई पुरस्कार राशि दिने घोषणा गरेको हो ।

आईसीसीले जारी गरेको विज्ञप्ति अनुसार विजेता टोलीलाई ट्रफीसँगै ४० लाख डलर अर्थात् करिब ५३ करोड रुपैयाँ दिइनेछ । यस बाहेक उपविजेता टोलीका लागि २० लाख डलर अर्थात् करिब २६।४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका दुई टोलीलाई आठ–आठ लाख डलर अर्थात् करिब साढे १० करोड रुपैयाँ दिइनेछ ।  समूह चरणबाट बाहिरिने प्रत्येक छ टोलीलाई एक लाख डलर अर्थात् १.३ करोड रुपैयाँ दिइनेछ ।  समूह चरणको प्रत्येक खेलमा विजेता टोलीलाई ४० हजार डलर पुरस्कार दिइनेछ । 
 
यस प्रतियोगितामा कुल एक करोड डलर बराबरको पुरस्कार वितरण गरिने छ । १३ औँ संस्करणको क्रिकेट विश्वकपको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । यस प्रतियोगिताको फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

भारत आईसीसी क्रिकेट विश्वकप २०२३ को आयोजना गर्न तयार छ । ४६ दिनसम्म चल्ने यस प्रतियोगितामा अक्टोबर ५ देखि सुरु हुनेछ भने यस प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । 
 आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग चेन्नईमा खेल्नेछ । 

प्रतियोगिताका लागि १० सहरका रङ्गशाला छनोट गरिएको छ । यी स्टेडियमहरू यी ९ राज्यहरू आन्ध्र प्रदेश, गुजरात, हिमाचल प्रदेश, दिल्ली, तमिलनाडु, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक र पश्चिम बङ्गालमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप