मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वस्तिक रोलिङ मिल्सले पायो टाटा आइरन एन्ड स्टिलको बेस्ट भ्यालुड कस्टमर अवार्ड

शनिबार, ०६ असोज २०८०, १६ : ३८
शनिबार, ०६ असोज २०८०

विराटनगर । सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ । कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई अवार्डले सम्मानित गरेका हुन् । ।

सुनसरीको स्वस्तिक रोलिङ मिल्सले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडको उत्पादन गरिरहेको छ ।  स्वस्तिक रोलिङ मिल्सले व्यावसायिक उत्पादनको छोटो समय भित्रै टाटा आइरन एन्ड स्टिलबाट अवार्ड लिन सफल भएको छ । बजरंग स्टिल नेपालकै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन भैरहेको छ ।

उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एंगल, च्यानल र आई बिमको पनि उत्पादन गरिरहेको छ । एंगल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना–ठुला सेड बनाउन लगायत विविध प्रयोजनमा गरिन्छ । स्वस्तिक रोलिंग मिल्सद्वारा उत्पादित बजरंग स्टीलले नेपाल गुणस्तर चिन्ह १९१ प्राप्त गरिसकेको कम्पनी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप