आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

शनिबार, ०६ असोज २०८०, १६ : ५४
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । 

धनुषाको मिथिला बिहारी नगरपालिका-९ अन्दुपट्टीमा अन्दुपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१ क ३०० नम्बरको गोदावरी ईङ्लिस बोर्डिङ स्कुलको बसबाट लडेर बसका सह-चालक जनकपुर उपमहानगरपालिका-१४ बस्ने १७ वर्षीय अमित कुमार यादवको शुक्रबार दिउँसो मृत्यु भएको छ । बसबाट लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता लमजुङको बेशीशहर नगरपालिका-३ धुवाँखोलामा गाउँशहरबाट बेशीशहरतर्फ जाँदै गरेको ग.१ ज ७१०१ नम्बरको जिपको ढालाबाट लडेर बेशीशहर नगरपालिका-३ गाउँशहर बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय उज्वल बिकको शुक्रबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिप  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसै गरी नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-३ फेनहरामा युपि ५६ जे ८८४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ६३ वर्षीय पारम यादवको शुक्रबार राति मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप