आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दाङमा खुकुरी प्रहार गरी महिलाको हत्या

शनिबार, ०६ असोज २०८०, १७ : २४
शनिबार, ०६ असोज २०८०

बुटवल । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।  तुलसीपुर–११ बेलटाकुराको भगवती टोलका करिब ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षीया रिता लामिछानेलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार आज दिउँसो उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमालमाथि पनि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट वीरबहादुरको दाहिने हातमा चोट लागेको छ । दुवै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने टेक बहादुरलाई प्रहरीले पक्राउ गरेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप