आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्माण र अभिनयपछि फिल्म निर्देशन गर्दै किरण

शनिबार, ०६ असोज २०८०, १८ : १४
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । अभिनयको सफलतापछि फिल्म निर्माणमा देखिएका थुप्रै कलाकार छन् नेपाली फिल्म क्षेत्रमा । किरण नेपाली भने निर्माणको सफलतापछि अभिनेता बनेका हुन् ।

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुनमा’ अभिनेताको रुपमा देखिन लागेका छन् किरण । राजु गिरीको निर्देशन रहेको फिल्म आगामी कात्तिकमा प्रदर्शनमा आउने तयारीमा छ । फिल्म निर्माणकाे काम भने उनले दशक अगाडि फिल्म ‘डोली’बाट थालेका हुन् ।

केही नौलो र फरक काम गर्ने उद्देश्य लिएर निर्माणमा पाइला चालेका उनले ‘डोली’पछि ‘लभ डे’, ‘पोइ पर्यो काले’, ‘दुई नम्बरी’ र ‘हात्ती छापा’ गरेर ५ फिल्म बनाइसकेका छन् । यीमध्ये ‘पोइ पर्यो काले’ र ‘दुई नम्बरी’ ब्यवसायिक रुपमा सफल मानिन्छ । ‘हात्तीछापा’ भने प्रदर्शनमा आउँन बाँकी छ ।

नुवाकोटमा जन्मिएर काठमाडौँ कर्मथलो बनाउँदै आएका  उनी फिल्म निर्माण ब्यवसाय र अभिनय रहर भएकाे बताउँछन् । फिल्म ‘नम्बरी सुन’ केही पुराना र केही नयाँ कलाकारसँग काम गरेका उनी आफूले निर्माण गर्ने फिल्ममा भने नाम चलेका कलाकार नै लिने गर्छन् ।

हाल फिल्म ‘नम्बरी सुन’ प्रचार र ‘हात्तीछाप’ को पोष्ट प्रोडक्सनमा व्यस्त उनले यी फिल्मको रिलिजपछि दुई फिल्म ‘दुई नम्बरी २’ र ‘सोली डोली’ निर्माण गर्ने घोषणा पनि गरिसकेका छन् । यी दुई मध्ये ‘सोली डोली’ उनी आफंैले निर्देशन गर्ने सोचमा छन् । निर्माण, अभिनयपछि निर्देशनको पनि अनुभव लिन ‘सोली डोली’ निर्देशनकाे सोच बनाएको उनी बताउँछन् ।

फिल्म निर्माणको अलवा समाजसेवामा पनि रुची राख्ने किरण नेपाली कांग्रेसप्रति लगाव राख्छन् । विद्यालयदेखि कांग्रेसप्रति लगाव भएको बताउने उनको भविष्यमा राजनीति गर्ने सोच छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप