आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद महोत्सव

प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुद महोत्सवको उद्घाटन समारोहमा सहभागी (तस्बिरहरु)

शनिबार, ०६ असोज २०८०, १८ : ५८
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एसियाली खेलकुद महोत्सवको उद्घाटन समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी भएका हुन् । 
त्यसअघि आजै दिउँसो चार बजे प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गरेको थियो । साथै राष्ट्रपति सीले एसियाली खेलकुदमा सहभागी हुन आएका विशिष्ट पाहुनालाई दिएको दिवा भोज कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।

asia-khlkud (1)

प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चिनियाँ समय अनुसार १०ः १० बजे चीन पुगेका थिए ।  उनको चीन भ्रमण एकसाताको हुनेछ । प्रधानमन्त्री हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ । 

asia-khlkud (3)asia-khlkud (4)asia-khlkud (5)asia-khlkud (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप