आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फर्नान्डेजको निर्णायक गोलमा युनाइटेड विजयी

आइतबार, ०७ असोज २०८०, ०९ : ११
आइतबार, ०७ असोज २०८०

लण्डन । ब्रुनो फर्नान्डेजको उत्कृष्ट गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा बर्नलीमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । हालसम्म जीतविहीन रहेको बर्नलीलाई युनाइटेडले १–० गोलले हराएको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा कप्तान फर्नान्डेजले जोनी इभान्सको पासमा भलीमार्फत उत्कृष्ट गोल गरेका थिए । उता बर्नलीले पनि युनाइटेडमाथि दबाब राखेको थियो । तर, गोल गर्न भने असमर्थ रह्यो ।

जीतपछि युनाइटेड लिगको आठौँ स्थानमा उक्लिएको छ । ६ खेलपछि युनाइटेडको ९ अङ्क रहेको छ । बर्नली भने मात्र १ अङ्कसहित लिगको पुछारमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप