सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इंग्ल्याण्डले आयरल्याण्डलाई ४८ रनले हरायो

आइतबार, ०७ असोज २०८०, ०९ : २६
आइतबार, ०७ असोज २०८०

नटिङह्याम । इंग्ल्याण्डले पाहुना टोली आयरल्याण्डलाई दोस्रो एकदिवसीयमा ४८ रनले हराएको छ । इंग्ल्याण्डले ३ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेकोमा आयरल्याण्डले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै, ब्यारी म्याकार्थीले ४१ तथा क्रेग यङले ४० रनको पारी खेले । इंग्ल्याण्डका लागि रेहान अहदमले ४ विकेट लिए भने जर्ज स्क्रिमसअले ३ विकेट लिए । म्याथ्यु पट्सले पनि दुई विकेट लिन सफल भए ।

यसअघि इंग्ल्याण्डले पहिलो ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३ सय ३४ रन बनाएको थियो । इंग्ल्याण्डका लागि प्लेयर अफ द म्याच घोषित विल ज्याक्सले सर्वाधिक ९४ रनको पारी खेले । यस क्रममा उनले ७ चौका र ४ छक्का हिर्काए । सास हेइनले ८९ रनको योगदान दिए भने बेन डकेटले ४८ रन बनाए । आयरल्याण्डका लागि जर्ज डकरेलले ३ तथा क्रेग यङले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप