आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाट बाहिरियो

आइतबार, ०७ असोज २०८०, ०९ : ४८
आइतबार, ०७ असोज २०८०

हाङ्जाउ  ।  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत  टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो । 

शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह एफ मा रहेको महिला टोली भारतसित ३–० ले पराजित भएको थियो । महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११–१, ११–६ तथा ११–८ अंकले पराजित भइन् । 

यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११–३, ११–७ तथा ११–२ अंकले पराजित भइन् । यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११–१, ११–५ तथा ११–२ अंकले पराजित भइन् । यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३–० ले पराजित भएको छ । 

पुरुषतर्फ समुह बी मा रहेको नेपालका संयोग कपाली ११–७, ११–४ तथा  ११–५ अकले पराजित भए । अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप