सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आफन्तलाई केएल राहुल भन्छन्, ‘मसँग विश्वकपको टिकट वा पासको आशा नगर्नु होला’

आइतबार, ०७ असोज २०८०, १२ : ३०
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । क्रिकेट भनेपछि हुरुक्कै गर्ने राष्ट्र हो, भारत । आफ्नो टोलीको हौसला बढाउन हजारौँ क्रिकेट समर्थक विदेशी भूमिसम्म पुग्ने गरेका छन् । त्यसमाथि आईसीसी एकदिवसीय विश्वकपको १२औँ संस्करण त भारतमै आयोजना हुँदै छ ।

प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतका विभिन्न सहरको १० वटा रङ्गशालामा खेलाइँदै छ । विश्वकप सुरु हुन अब केही दिन बाँकी रहँदा टिकटको अभावमा आफ्नो टोलीको खेल हेर्न नपाइने हो कि भन्न त्रासमा छन्, अधिकांश भारतीय समर्थक ।

यस्तो स्थितिमा खेलाडीका परिवारका सदस्य र साथीभाईले खेलाडीहरूलाई समेत विश्वकपको टिकट वा पासका लागि गुहार्न थालेका छन् । त्यसबाट आजित भएका भारतीय टोलीका एक सदस्य केएल राहुलले विश्वकपको टिकटका लागि आफूलाई नगुहार्न अनुरोध गरेका छन् । 

‘मसँग विश्वकपको टिकट वा पासका लागि आशा नगर्नु होला,’ उनले भनेका छन् । भारतीय टोली हाल विश्वकपको तयारीका क्रममा अस्ट्रेलियासँग एकदिवसीय शृङ्खला खेल्न व्यस्त छ । उनले विश्वकपको टिकट वा पासका लागि आफूलाई टेलिफोन वा म्यासेज नगर्न पनि अनुरोध गरेका छन् ।

‘यदि कसैले विश्वकपको टिकटका लागि मलाई म्यासेज पठाउनु हुन्छ भने कृपया मसँग जवाफको आशा नराख्नु होला,’ उनले भनेका छन्, ‘म घमन्डी वा रुखो भएको होइन । म केवल आफ्नो सम्पूर्ण ध्यान खेलमा केन्द्रित गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप