मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गज्जबको चाउचाउको यस्तो, २० रुपैयामा २०प्रतिशत थप चाउचाउ

बुधबार, २१ असार २०७४, २१ : ०३
बुधबार, २१ असार २०७४

बुटवल – तयारी चाउचाउको क्षेत्रमा १ महिना अघि मात्र बजारमा भित्रिएको सिद्धिविनायक स्नयाक्स एण्ड नुड्ल्स प्रा. लि. को उत्पादन एसभिस् गज्जबको ब्राण्डकोे तयारी चाउचाउ काठमाण्डौका उपभोक्तामाझ आइतबारबाट ल्याएको छ । 

चिकेन र भेजिटेबल स्वादमा उत्पादन गरिएको चाउचाउ यस कम्पनीले रु २० मा १०० ग्राम दिइएको यस कम्पनीका अध्यक्ष उज्ज्वल कसजुले बताए । हामीले पहिलो चरणमा ४० ग्राम को प्याकेट बुटवल र पश्चिम नेपालका प्रमुख बजारहरुमा विक्रि वितरण सुरुवात सफल रुपमा गरेका छौ । दोश्रो चरणमा काठमाण्डौ क्षेत्रका उपभोक्तामाझ बिशेष योजना सहीत लिएर आएका छौ, कसजुले भने ।

 नेपालमा उपलब्ध यस तयारी चाउचाउमा २० रुपैयामा धेरै परिमाणमा पाईने चाउचाउ एसभिस् गज्जबको मात्र रहेको उद्योगका प्रबन्ध निर्देशक ई. अभिशेक श्रेष्ठले बताए ।

नँया योजना सहीत काठमाण्डौ छिरेको एसभिस् गज्जबका चाउचाउको बिक्री बितरण देशैभरीबाट हुने उद्योगका ब्राण्ड म्यानेजर रिचा श्रेष्ठले बताईन् । 

‘टेष्ट गज्जबको, हेल्थगज्जबको’ नारा सहीत बजारमा आएको यो चाउचाउ उद्योग नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा रहेको छ । 

उद्योगले निकट भबिश्यमै उत्पादित गज्जबको चाउचाउलाई भारतमा निर्यात गर्ने लक्ष्य लिएको छ । 

सिद्धी बिनायक समुहको लगानी रहेको  सिद्धि विनायक फूड प्रोडक्टस प्रा. लि.ले रुपन्देहीको तिलोत्तमा नगरपालिका टिकुलीगढमा उद्योग स्थापना गरी बिगत ३ बर्ष देखि गज्जबको ब्राण्डमा बिस्कुट, मिस्टर हैप्पी कुकिज, र गज्ज्बको चिजबल उत्पादन गरी नेपाल भरीनै बिक्री बितरण गर्दै आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप