सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साम्राज्ञी भन्छिन्, ‘नाजिर चाहिनेभन्दा बढी चकचके’, साम्राज्ञी चाँडै रिसाउने – नाजिर (भिडियो)

बुधबार, १४ चैत २०७४, ११ : ०८
बुधबार, १४ चैत २०७४

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता नाजिर हुसेनको जोडी अहिले चर्चामा छ । यही चैत २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘तिमीसँग’को कारणले यो जोडी चर्चामा छाएका हुन् । 

केही पहिले चलचित्रको ट्रेलर समेत सार्वजनिक भएको थियो ।  ट्रेलरमा समेटिएको अभिनयका कारणले पनि यो जोडीलाई दर्शकको नोटिसमा परेका छ ।

साम्राज्ञी पछिल्लो समय दर्शकमा राम्रो क्रेज भएकी अभिनेत्री हुन् भने नाजिरले पनि अभिनयका माध्यमले दर्शमाझ राम्रो छाप छोड्न सफल छन् । साम्राज्ञीका यस अगाडी आएका दुबै चलचित्र सफल भएका छन् । उनको ‘तिमीसँग’ तेस्रो चलचित्र हो । नाजिरको भने केही चलचित्र सफल र केही असफल भएका छन् । तर पनि उनको चर्चा र ब्यस्तता दिन प्रतिदिन बढ्दो छ । 

साम्राज्ञीले नाजिरलाई चाहिनेभन्दा बढी चकचके भएको बताउँदा  नाजिरले भने साम्राज्ञीलाई आफूले पर्दामा देखेर सोचेको भन्दा फरक पाएको बताए । ‘साम्राज्ञी अङ्ग्रेजी छाँट्ने, घमन्डी होली भन्ने मलाई लागेको थियो’ नाजिरले भने ‘तर उनलाई सोचेभन्दा फरक पाएँ ।’ ‘चाँडो रिसाउने साम्राज्ञीको नराम्रो बानी हो ’नाजिरले थपे ।

चलचित्र ‘तिमीसँग’को विषयमा भने नाजिर र सामाज्ञी दुबैको एउटै धारणा रहेको छ । चलचित्र रमाइलो बनेको छ । दुवैले चलचित्र कमेडी, मनोरञ्जन र प्रेमका खुराकले भरिएको बताए ।

चलचित्रमा ‘नीति’ को भूमिका निर्वाह गरेकी साम्राज्ञीले आफ्नो भूमिका बिदेशमा हुर्किएकी एक घमन्डी केटीको रहेको बताइन् । ‘म विदेशबाट नेपाल घुम्न आउँछु । ममा नेपालको बारेमा विभिन्न नराम्रो धारण छ ।’ 
साम्रज्ञीले भनिन्, ‘नेपाल बसाइँको क्रममा मेरो मनमा रहेको भ्रम सबै मेटिन्छ र म नेपाल र नेपालीलाई माया गर्न थाल्दछु ।’ चलचित्रमा हिँड्दा हिँड्दै माया बस्ने र हिँड्दा हिँड्दै माया टुट्ने खालका पनि सिक्वेन्स रहेको साम्राज्ञीले सुनाइन् । 

नाजिरले भने चलचित्र छायाँकनको समयमा आफूले निकै इन्ज्योेए गरेको खुलाए । उनले सम्झिए ‘ठट्टा गर्दा गर्दै चलचित्र सकिएछ ।’

केही पहिले साम्राज्ञी गोप्य अंगमा खोपाएको टाटुका कारणले विवादमा तानिएकी थिइन् । यस्ता विवादले आफुलाई दुःख लागेको साम्राज्ञीले बताइन् । भनिन् ‘यो मेरो पाइला रोक्न विवादमा ल्याइएको हो । यस्ता विवादले मेरो पाइला रोकिने छैन ।’ 

साम्राज्ञीलाई चलचित्र अभिनयका लागि उनकी आमाले सजिलै मन्जुरी दिएकी थिइन् । तर चलचित्र क्षेत्रको बारेमा फैलिएको नराम्रो धारणले बुबालाई भने उनले मनाउनु परेको थियो । 

सुन्दर अनुहार, फरासिलो स्वभाव र जो कोहीसँग सजिलै घुलमिल गर्न सक्ने साम्राज्ञी बाल्यकालमा कस्तो थिइन् त ? प्रश्न राख्न नपाउदै उनले जवाफ फर्काइन् ‘म सानोमा निकै सोझी थिए । त्यसैले आफन्तले मेरो नाम ‘लाटी पुतली’ राखी दिएका थिए ।’
 
भिडियोमा पनि हेर्नुहोस् – अभिनेत्री साम्राज्ञी र अमिनेता नाजिरसँग गरिएको रमाइलो कुराकानी :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप