मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

आज मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै

सोमबार, ०८ असोज २०८०, १२ : २६
सोमबार, ०८ असोज २०८०

विराटनगर । आज  कोशी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । मन्त्रिपरिषद् विस्तारका लागि मुख्यमन्त्री कार्कीले छलफल गरेको स्रोतले बतायो ।

उनले आज चारदेखि पाँचजना मन्त्री थप्ने तयारी गरेका छन् । सबै मन्त्री एमालेबाटै थप्ने तयारी रहेको बताइएको छ । मुख्यमन्त्री कार्यालय स्रोतले पनि मन्त्रीमण्डल विस्तार गर्न लागेको पुष्टि गरेको छ।

संविधानको धारा १६८ (३) अनुसार बनेको नेकपा एमालेको अल्पमतको सरकारले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नुपर्नेछ । मन्त्री बन्ने सम्भावना भएका नेताहरूमा मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई रहेका छन् ।

यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छ्न् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप