मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : एमाले सचेतकमा दर्नाल नियुक्त

सोमबार, ०८ असोज २०८०, १३ : ११
सोमबार, ०८ असोज २०८०

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त गरेको छ । तेह्रथुम निवासी दर्नाल समानुपातिक तर्फबाट सांसद चयन भएकी हुन् । मुख्यमन्त्री तथा दलका नेता हिक्मतकुमार कार्कीको निर्णयअनुसार दर्नाललाई सचेतकमा नियुक्त गरिएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

एमालेको तर्फबाट यसअघि सचेतकमा नियुक्त सिर्जना राई राज्यमन्त्रीमा नियुक्त भएपनि उक्त पद खाली थियो । यसैबीच एमालेले आजै मन्त्रीमण्डल विस्तार गर्ने निर्णय पनि गरेको छ । भण्डारीले मन्त्रीमण्डल विस्तार गर्ने विषयमा निर्णय भएको भएपनि मन्त्रीहरुको टुंगो लाग्न भने बाँकी रहेको बताए । ‘मन्त्रीहरुको नाम टुंगो लाग्न बाँकी छ,’ भण्डारीले भने । 

सर्वोच्चको परमादेशबाट संविधानको धारा १६८ (३) अनुसार बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा एमालेकै तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की र सिर्जना राई मन्त्री बनेका छन् । एमाले स्रोतकाअनुसार यसअघि मन्त्री बनेका सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका लिलाबल्लभ

अधिकारी, तथा सांसदहरु सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई मन्त्री बन्ने भएका हुन् । मन्त्रीको टुंगो लागिसकेपछि आजै साँझसम्ममा शपथग्रहणको तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप