मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वाइवाइ सिटी  भारतमा फैंलिदै

बुधबार, २१ असार २०७४, २१ : २०
बुधबार, २१ असार २०७४

काठमाडौं – भारतीय बजारमा नेपाली ब्राण्ड वाइवाइ चाउचाउको तिब्र विस्तारसँगै नयाँ अवधारणासहित कार्यान्वयनमा ल्याइएको नूडल्स बार ‘वाइवाइ सिटी’ लोकप्रिय बनेको छ ।

 क्विक सर्भिस रेष्टुरेन्टको अवधारणामा संचालनमा ल्याइएको वाइवाइ सिटीमा वाइवाइ चाउचाउबाट बनाइएका विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध छन् ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्विट गर्दै भारतको अर्को शहर बंैगलोरमा वाइवाइ सिटी विस्तार भएको भन्दै खुसी ब्यक्त गरेको थियो ।  वाइवाइका पारखीहरूसँग सोसल मिडियामा अन्तत्र्रिmया गर्दै उनले भारतका मुख्य शहरहरुमा वाइवाइ सिटीको प्रतिक्षा लामो नरहने जानकारी पनि दिएकोे छ ।
  
‘हामीले दक्षिण एसियाली बजारमा नूडल्स बारको नयाँ अवधारणा कार्यान्वयनमा ल्याएका हौँ जसलाई भारतीय उपभोक्ताले निकै रुचाएका छन्’, चौधरी ग्रुपका कार्यकारी निर्देशक बरुण चौधरीले भने, ‘जसका कारण वाइवाइ सिटीको तिब्र विस्तार गर्न हामी दवावमा रहेका छौँ ।’
केही समयअघि भारतको राजधानी नयाँ दिल्लीमा वाइवाइ सिटीको उद्घाटन गरिएको थियो । दिल्लीका उपभोक्ताहरुले वाइवाइ चाउचाउबाट बनेका परिकारप्रति देखाएको रुचिसँगै यसको विस्तार शुरु भएको हो । हाल वाइवाइ सिटी भारतको नयाँ दिल्ली, नोयडा, पुने र बंगलोर गरि चार शहरमा विस्तार भईसकेको छ । 
वाइवाइ सिटी भारतका प्रमुख शहरहरुमा तिब्र गतिमा विस्तार हुने जानकारी कार्यकारी निर्देशक बरुण चौधरीले दिए । ‘हामी सन् २०१७ मा एकसयवटा वाइवाइ सिटी स्थापना गर्ने हतारोमा छौँ’, चौधरीले भए, ‘भारतका सबै ठूला शहरहरुमा पहिलो चरणमा वाइवाइ सिटी स्थापना गर्ने हाम्रो लक्ष्य हो ।’
वाइवाइ सिटीमा नूडल्ससँग सम्वन्धित करिब दुई दर्जन परिकारहरुको स्वाद उपभोक्ताहरुले लिन पाएका छन् । अनुसन्धानका आधारमा नयाँ परिकारहरु थपिदै जानेछन् ।
नेपाली ब्राण्ड वाइवाइ अहिले भारतीय नूडल्स बजारमा तिब्र गतिमा फैलिइरहेको छ । हाल भारतीय नूडल्स बजारमा वाइवाइको हिस्सा करिब ३० प्रतिशत पुगेको छ । ‘भारतीय नूडल्स बजारमा शसक्त ब्राण्ड बन्ने हाम्रो रणनीति सफल भएको छ । अब हामी वाइवाइलाई अर्को चरणमा पु¥याउने तयारीमा छौँ’, अध्यक्ष चौधरीले भने, ‘नेपालमा जन्मिएका ब्राण्डहरू पनि विश्वब्यापी प्रतिस्पर्धामा अब्बल सावित हुन सम्भव छ भन्ने वाइवाइले प्रमाणित गरेको छ । यो हामी सबै नेपालीका लागि गौरवको बिषय हो ।’   
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप