मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

सोमबार, ०८ असोज २०८०, १६ : ४०
सोमबार, ०८ असोज २०८०

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  

मुख्यमन्त्री कार्कीले मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र धनकुटाका निरन राईलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति गरेका छन् । 

यस्तै कार्कीले सुनसरीका रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् । 

यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् ।

संविधानको धारा १६८ (३) अनुसार बनेको  एमाले अल्पमतको सरकारले आगामी असोज २० गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ । 

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप