आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मी धामीमाथि सांघातिक आक्रमण

सोमबार, ०८ असोज २०८०, १७ : २५
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको छ । सोमबार पाँच/छ जनाको समूहमा आएका व्यक्तिहरुले धामीमाथि रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै सांघातिक आक्रमण गरेका हुन् । 

दिउँसो करिब साढे ४ बजेतिर खाजा खाएर कार्यालयतर्फ फर्किने क्रममा धामीलाई उनीहरुले अन्धाधुन्ध आक्रमण गरेका हुन्।  मुक्का प्रहारबाट धामीको टाउकोलगायत विभिन्न भागमा चोट लागेको छ । उनको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । 

गत भदौ २६ गते विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले रातोपाटी र त्यसमा कार्यरत सम्वाददातालाई सजाय दिने धम्की दिएको थियो । त्रिविमा मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति दिएको विषयमा क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही (सी)ले विज्ञप्ति नै जारी गरेर भौतिक कारबाहीको चेतावनी दिएका थिए । 

यस्तै समाचारको विषयलाई लिएर विप्लवका विद्यार्थीहरूले निरन्तर आफूलाई धम्की दिएको धामीले बताउँदै आएका थिए । विज्ञप्ति र सामाजिक सञ्जालमार्फत समेत धम्की दिएपछि यसबारे नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको थियो । 

भदौ २७ गते महासचिव रोशन पुरीले विज्ञप्ति निकालेरै उक्त धम्कीप्रति आपत्ति जनाउँदै विरोध जनाएका थिए । 

आक्रमणकारीहरूले कार्यालय फर्किने क्रममा सुरुमा धामीलाई नमस्कार गरेको र त्यसअघि एकाएक आक्रमण गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकलमा आएका उनीहरू आक्रमण लगत्तै भागेका थिए । 

घटनापछि प्रहरी प्रभाग पुल्चोकका इन्स्पेक्टर प्रमोद कार्की नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । प्रहरीले आवश्यक जानकारी लिएर दोषीको खोजी कार्य तीव्र बनाइसकेको जनाएको छ । 

krishna sing dhami bigyepti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप