आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मी धामीमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुरको आपत्ति

सोमबार, ०८ असोज २०८०, १८ : २३
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुरले आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले ७/८  जनाको समूहमा आएका व्यक्तिहरुले धामीमाथि रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै सांघातिक आक्रमण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

विज्ञप्तिमा भनिएको छ,'पत्रकारमाथि भएको यो जघन्य घटनाको पत्रकार महासंघ ललितपुर शाखा खेद प्रकट गर्दछ । लोकतान्त्रिक व्यवस्थामा एउटा पार्टीका कार्यकर्ताबाट भएको यो व्यवहारले हामीलाई दुखत तुल्याएको छ । यसको जति शब्दमा भर्त्सना गरेपनि अपुरो हुन्छ । कुटपिटबाट घाइते पत्रकार कृष्णसिंह धामीको स्वास्थ्य लाभको कामना गर्दछौं ।'

सोमबार दिउँसो करिब साढे ४ बजेतिर खाजा खाएर कार्यालयतर्फ फर्किने क्रममा धामीमाथि एक समूहले अन्धाधुन्ध आक्रमण गरेको थियो ।  

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप