आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मी धामीमाथि भएको आक्रमणको नाफिजद्वारा भर्त्सना

सोमबार, ०८ असोज २०८०, १९ : २८
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको घटनाको भर्त्सना गरेको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै नाफिजले नाफिज सदस्यसमेत रहेका रातोपाटीकर्मी धामीमाथि भएको सांघातिक आक्रमणको घोर भर्त्सना गरेको हो । 

रातोपाटीको कार्यालयनजिकै पुल्चोकमा धामीमाथि सोमबार दिउँसो केही अज्ञात समूहले आक्रमण गरेको थियो ।  

नाफिजका महासचिव नवीन ढुंगानाले जारी गरेको  विज्ञप्तिमा भनिएको छ,'समाचार लखेको कारण यसअघि पटकपटक आक्रमणको धम्की खेपिरहेका धामीमाथिको आजको आक्रमणले राजधानीमै सञ्चारकर्मीहरु असुरक्षित रहेको भान हामीलाई भएको छ । सम्पूर्ण नाफिज परिवार आक्रमणमा परी घाइते भएका धामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषीमाथि हदैसम्मको कारवाहीका लागि सरकार र नेपाल प्रहरीको ध्यानाकर्षण गराउँदछौं ।'

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप