आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मी धामीमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आपत्ति

सोमबार, ०८ असोज २०८०, २१ : २२
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको घटनाप्रति आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै समितिले रातोपाटीकर्मी धामीमाथि भएको सांघातिक आक्रमणले समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।  

समितिले धामीमाथि रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै सांघातिक आक्रमणको विरोध तथा भर्त्सना गरेको छ । समाचारको विषयलाई लिएर भएको भौतिक आक्रमणको भर्त्सना गर्दै समितिले आक्रमणमा संलग्नमाथि तत्काल कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।  भौतिक याक्रमणमा उत्रनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमाथिको ठाडो हस्तक्षेप भएको समितिको ठम्याई छ ।

सोमबार दिउँसो करिब साढे ४ बजेतिर खाजा खाएर कार्यालयतर्फ फर्किने क्रममा धामीमाथि एक समूहले अन्धाधुन्ध आक्रमण गरेको थियो ।

यस्तै धामीमाथि भएको सांघातिक आक्रमणको नेपाल पत्रकार महासंघ ललितपुर, अनलाइन पत्रकार संघ, शिक्षा पत्रकार संघ र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भर्त्सना गरेका छन् । 

p

 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप