आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मीमाथि भएको आक्रमणको विरोध

मङ्गलबार, ०९ असोज २०८०, ११ : ०७
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि सोमबार भएको सांघातिक आक्रमणप्रति विभिन्न संघ–संस्थाले विरोध जनाएका छन् ।  मंगलबार श्रमजिवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

‘समाचारमा चित्त नबुझेको वा गुनासो भएमा कानुनी उपचार खोज्ने उपाय भए पनि आक्रमणको तहमा जानु निन्दनीय छ । संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई भयरहित वातावरणमा उपभोग गर्ने व्यवस्था मिलाउन सरकार, प्रहरी प्रशासन र सरोकारवालालाई अनुरोध गर्दर्छौँ’, उनको विज्ञप्तिमा भनिएको छ । 

यसैगरी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति, अनलाइन पत्रकार संघ, नेपाल आर्थिक पत्रकार संघ, नेपाल पत्रकार महासंघ ललितपुरलगायतले पनि घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । 
धामीमाथि सोमबार बखुण्डोस्थित कार्यालय नजिकै सांघातिक आक्रामण भएको थियो । उनीमाथि केही पहिलेदेखि विप्लव नेतृत्वको नेकपा निकटका विद्यार्थी संगठनले धम्की दिएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप