आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वहिदा रहमानलाई प्रतिष्ठित दादासाहेब फाल्के अवार्ड दिने घोषणा

मङ्गलबार, ०९ असोज २०८०, १४ : ३९
मङ्गलबार, ०९ असोज २०८०

मुम्बई । चर्चित अभिनेत्री वहिदा रहमानलाई यस वर्षको प्रतिष्ठित दादासाहेब फाल्के लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ । केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले सोसल मिडिया प्लेटफर्म एक्समा यसको घोषणा गरेका हुन् ।

पुरस्कारको घोषणा गर्दै ठाकुरले ट्वीटरमा लेखेका छन्, ‘वहिदा रहमान जीलाई भारतीय सिनेमामा उनको उत्कृष्ट योगदानको लागि यस वर्षको प्रतिष्ठित दादासाहेब फाल्के लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको घोषणा गर्न पाउँदा म अत्यन्तै खुसी र सम्मानित महसुस गर्दैछु।

वहिदा जीलाई हिन्दी फिल्महरूमा उनको भूमिकाका लागि समीक्षकहरूले अत्यधिक प्रशंसा गरे। उनले प्यासा, कागज के फूल, चौदहवीका चन्द, साहेब बीवी और गुलाम, गाइड, खामोशी र अन्य धेरै जस्ता चलचित्रहरूमा उत्कृष्ट काम गरेकी छन् ।

पाँच दशक लामो आफ्नो करियरमा उनले आफ्नो भूमिका सुन्दर ढंगले निभाएकी छिन्। फिल्म रेश्मा और शेरामा कुलवधुको भूमिका निर्वाह गरेबापत उनले राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन्।

पद्म श्री र पद्म भूषण सम्मानित वहिदा जीले एक भारतीय महिलाको समर्पण, प्रतिबद्धता र शक्तिको उदाहरण दिएकी छन् जसले कडा परिश्रममार्फत व्यावसायिक उत्कृष्टताको उच्चतम स्तर हासिल गर्न सक्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप