आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोरङको कटहरिमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

मङ्गलबार, ०९ असोज २०८०, १६ : ४०
मङ्गलबार, ०९ असोज २०८०

विराटनगर । मोरङको कटहरीमा सवारी  दुर्घटनामा परेर हुलाक कार्यालयमा काम गर्ने एक  जना कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ वर्षिया  हुलाकी चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । 

विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतक अधिकारी सोराभाग इलकन हुलाकका कर्मचारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप