आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गहना किन्ने बहानामा चोरी गर्नेहरु प्रहरीको फन्दामा

मङ्गलबार, ०९ असोज २०८०, २० : १५
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । सुनका गहना किन्ने बहानामा काठमाडौँका विभिन्न सुन पसलमा चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले चोरीमा संलग्नसहित चोरीका गहना खरिद गर्नेलाई समेत पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकाका ७ भन्दा बढी स्थानका विभिन्न सुन पसलमा गहना किन्ने बहानामा चोरी गरी फरार रहेको घटनामा अनुसन्धानपछि असोज ५ गते काठमाडौँ महानगरपालिका–१६, पुरानो गुह्येश्वरीबाट तारकेश्वर नगरपालिका–९ घर भई हाल काठमाडौँ, ढुंगेधारा बस्ने ३३ वर्षीय रत्न महर्जन र तारकेश्वर–४ का २२ वर्षीय सुमन पतुवारलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पतुवार स्कुटर चालक हुन् भने रत्नले सुन किन्ने बहानामा चोरी गर्ने गरेकी थिइन् ।

प्रहरीले नुवाकोट जिल्लाको बेलकोट गढी नगरपालिका–७ घर भई हाल काठमाडौँ महानगर–१६, नयाँ बजार बस्दै आएका ३६ वर्षीय बिरेन्द्र विक र भारतको महाराष्ट्र प्रदेश, सोलापुर जिल्ला घर भई हाल काठमाडौँ महानगर–१६, माछापोखरी बस्दै आएका ३७ वर्षीय हनुमन्त फाँडेलाई पनि पक्राउ गरेको छ । उनीहरु दुवैले रत्न र पतुवारसँग चोरीका सुन किन्ने गरेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप