आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित शर्माको कीर्तिमान तोडे कुशल मल्लले

बुधबार, १० असोज २०८०, ०९ : २१
बुधबार, १० असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोलीका ब्याट्सम्यान कुशल मल्लले विश्व कीर्तिमानी पाली खेलेका छन् । मंगोलियाविरुद्धको उक्त खेलमा कुशलले अविजित एक सय ३७ रन बनाए । 

उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका हिर्काए । बायाँ हाते ब्याट्सम्यान कुशलले टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहासमै सर्वाधिक छिटो शतक बनाएका हुन् । उनले केवल ३४ बलमा शतक पुरा गरेका हुन् । 

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका वर्तमान कप्तान शर्माले केवल ३५ बलमा शतक बनाएका थिए । शर्माका अतिरिक्त दक्षिण अफ्रिकाका डेभिड मिल्लरले पनि ३५ बलमा अर्धशतक बनाएका थिए । कुशलले उनीहरूकै कीर्तिमान तोडेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप