आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन कराते टोली ग्रिस प्रस्थान

बुधबार, १० असोज २०८०, ११ : ४६
बुधबार, १० असोज २०८०

काठमाडौँ । ग्रिसको चलकिडा सहरमा आयोजना हुने ३० औँ एसकेडियुएन. वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन सोतोकान कराते डो संघको तीन सदस्यीय टोली  बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।

ग्रिस प्रस्थान गर्ने टोलीमा अफिसियलमा संघका उपाध्यक्ष बद्री बहादुर महत, टिम प्रशिक्षक एवं व्यवस्थापकमा राजु तामाङ र खेलाडी चित्र बहादुर श्रेष्ठ रहेका छन् । चित्रले आफ्नो खेल पश्चात् अन्य प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गर्ने संघका महासचिव गोविन्द श्रेष्ठले जानकारी गराए ।

टोलीलाई संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले आज अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गरे ।

च्याम्पियनसिप असोज १० देखि १४ गते सम्म सञ्चालन हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप