आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी पुरा, तस्बिरमा हेर्नुहोस्

बुधबार, १० असोज २०८०, १२ : २१
बुधबार, १० असोज २०८०

 सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनको तयारी पुरा गरिएको छ । आज दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनका लागि मञ्च, सजाउनेदेखि सरसफाइ गर्ने कार्यहरू चलिरहेका छन् ।

वीरेन्द्रनगरको सिटी हलमा आयोजना गर्न लागिएको अधिवेशनका लागि सिटी हल भित्र सम्पूर्ण तयारी सम्पन्न गरिएको हो ।  उद्घाटन सत्रमा करिब पाँच हजारको सहभागिता रहने बताइरहेको एमाले प्रदेश कमिटीले हलभित्र नअट्ने देखिए पनि हलको बाहिर फिल्डमा पनि टेन्ट टाँगेर कुर्सीको व्यवस्थापन गरिएको छ ।

अध्यक्ष केपी ओली काठमाडौँबाट नेपालगन्ज विमानस्थलमा उत्रने छन् । त्यसपछि उनी कोहलपुर रत्नराजमार्ग हुँदै सुर्खेत आउने कार्यतालिका रहेको एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । 

karnali pradesh adhibeshan (1)

ओलीसँग महासचिव शङ्कर पोखरेल पनि आउनेछन् । कार्यक्रमको स्वभा बढाउनका लागि अध्यक्ष ओलीको फोटोहरू हल बाहिर राखिएको छ । यतिबेला हलमा आइसकेका कार्यकर्ताहरू ओलीको फोटोसँग फोटो खिचिरहेका भेटिन्छन् भने कोही हल बाहिर गफिरहेका छन् । 

karnali pradesh adhibeshan (3)

अधिवेशनका लागि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने एमालेले ४० जना स्वयम् सेवक समेत खटाइरहेको युवा नेता रुद्र शाहीले जानकारी दिए । 

karnali pradesh adhibeshan (2)

बुधबार र बिहीबार हुने अधिवेशन सकेसम्म सर्वसम्मत तरिकाले सम्पन्न गर्ने प्रयास गरिए पनि नेताहरूको आ–आफ्ना अडानका कारण निर्वाचन हुने सम्भावना प्रबल रहेको नेताहरू बताउँछन् । नेतृत्वको लागि यहाँ यामलाल कँडेलको टिमका गुलाबजंग शाह, गोरख बोगटीको टिमबाट मीनबहादुर शाही र पूर्व सभामुख राजबहादुर शाहीको नाम चर्चामा छ।

karnali pradesh adhibeshan (4)karnali pradesh adhibeshan (5)karnali pradesh adhibeshan (6)karnali pradesh adhibeshan (7)karnali pradesh adhibeshan (8)karnali pradesh adhibeshan (9)karnali pradesh adhibeshan (10)karnali pradesh adhibeshan (11)karnali pradesh adhibeshan (12)karnali pradesh adhibeshan (13)karnali pradesh adhibeshan (14)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप