आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटी न्युक्यासलसँग स्तब्ध

बिहीबार, ११ असोज २०८०, ०९ : १२
बिहीबार, ११ असोज २०८०

लण्डन । म्यानचेस्टर सिटीलाई हराउँदै न्युक्यासल युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । गत वर्षको उपविजेता रहेको न्युक्यासल १–० गोलले विजयी बनेको हो ।

गत सिजनको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग हारेको न्युक्यासलले बुधबार रातिको खेलमा १० वटा खेलाडी परिवर्तन गरेर मैदानमा उत्रिएको थियो । सिटी पनि परिवर्तित टोलीका साथ खेलमा आएको थियो । पहिलो हाफमा सिटीले खेलमा पूर्ण नियन्त्रण बनाएको थियो । 

जुलियन अल्भारेजले गोल गर्ने दुईवटा सुन्दर अवसर गुमाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै अलेक्सान्डर इसाकले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए । खेलमा यही गोल नै निर्णायक बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप