आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुनरागमन गर्दै लिभरपुल चौथो चरणमा

बिहीबार, ११ असोज २०८०, ०९ : २०
बिहीबार, ११ असोज २०८०

लण्डन । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले काराबाओ कपको तेस्रो चरणमा लेस्टर सिटीलाई ३–१ गोलले हराउन सफल भएको छ ।

क्यासे म्याकएटरले उत्कृष्ट काउन्टर अट्याकमा खेलको तेस्रो मिनेटमा नै लेस्टरलाई अग्रता दिलाएका थिए । त्यसपछि बराबरी गोलका लागि प्रयास गरेको लिभरपुलका लागि हार्भे एलियट र बेन डाओकको प्रहार पोस्टमा लागेको थियो भने जोरल क्वानसाको प्रयास लेस्टरका गोलकिपरले बचाउ गरेका थिए ।

तर, दोस्रो हाफमा भने लिभरपुलले गोलको वर्षा गर्‍यो । कोडी गाक्पोले ४८ औँ मिनेटमा बराबरी गोल फर्काए भने ७० औँ मिनेटमा डोमिनिक सोबोस्लाईले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए । यो सिजन लिभरपुलमा आएयता सोबोस्लाईले दुई गोल गरेका छन् । ८९ औँ मिनेटमा डिओगो जोटाले तेस्रो गोल गर्दै पुनरागमन पुरा गरे । सन् २०२२ को विजेता लिभरपुलले अब चौथो चरणमा बोर्नेमाउथको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप